• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सिन्धुपाल्चोकका सीडीओ भन्छन,हाल सम्म भूकम्पबाट भएको क्षतिको विवरण आएको छैन 

  • खबरदाता

सिन्धुपाल्चोकका सीडीओ भन्छन,हाल सम्म भूकम्पबाट भएको क्षतिको विवरण आएको छैन 

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले हालसम्म भूकम्पबाट कुनै क्षतिको विवरण नआएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरक्षा संयन्त्रबाट बुझ्ने काम भइरहेको तर क्षतिको जानकारी नआएको बताए । “अहिलेसम्म हामीलाई क्षतिको विवरण आएको छैन,” प्रजिअ थापाले  भने ।

स्रोतका अनुसार जिल्ला कारागार सिन्धुपाल्चोकबाट हामफालेर भाग्ने क्रममा एक कैदी घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

“भूकम्पको मौका पारेर हामफालेर भाग्न खोज्नेक्रममा एकजना कैदी घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।”

आज राति २ : ५१ बजे सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  • प्रकाशित मिति : फागुन १६, २०८१, शुक्रवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८