काठमाडौँको ठमेलमा एक युवती मृत फेला परेकी छन्। काठमाडौँ महानगरपालिका २६ स्थित ड्रंकेन इन गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन्।
रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ गए राति मृत अवस्थामा फेला परेकी हुन्।
उनी बसेको कोठाभित्रै मृत फेला परेपछि प्रहरीले अनुसन्धान गरिरहेको चन्दले बताइन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८