• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: अभियुक्त छविलाल जोशी अदालतमा उपस्थित

  • खबरदाता

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: अभियुक्त छविलाल जोशी अदालतमा उपस्थित

काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगी प्रकरणका अभियुक्त पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । कास्की जिल्ला अदालतले कास्कीस्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनलाई ८८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

धरौटी बुझाएर थुनामुक्त भएका उनी दुई हप्तापछि मात्र आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । अब जोशीको बयान हुनेछ ।

  • प्रकाशित मिति : माघ ६, २०८१, आइतवार ११:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८