• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आशिका तामाङ पाँच दिन थुनामा रहने, दोषी ठहर भए के हुन्छ सजाय ?

  • खबरदाता

आशिका तामाङ पाँच दिन थुनामा रहने, दोषी ठहर भए के हुन्छ सजाय ?

आशिका तामाङ पाँच दिन प्रहरीको हिरासतमा रहने भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आशिकालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, आशिकाविरुद्ध प्रहरीले अभद्र मुद्दामा अनुसन्धान थालेको छ ।

आफूलाई अभियन्ता बताउने आशिका बुधबार स्वयम्भूबाट पक्राउ परेकी थिइन् । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिहेको छ ।

गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।

अभद्र व्यवहारको कसुर प्रमाणित भए जिल्ला प्रशासन कार्यालयले आशिकालाई १० हजार रुयैयाँ जरिवाना तथा एक वर्ष कैद वा दुवै सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ ।

  • प्रकाशित मिति : माघ ३, २०८१, बिहीवार १३:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८