• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026

इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न सहमत

  • खबरदाता

इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न सहमत

काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सहमति भएको छ।

इजरायल र हमासबीच कतारमा भएको सम्झौतालाई अन्तिम रूप दिइएको छ । यो जानकारी युद्धविराम सम्झौतासँग सम्बन्धित जानकारी भएको बीबीसीले जनाएको छ ।

उनीहरूले कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको हमासका एक अधिकारीले जानकारी दिएका छन् ।

गाजामा हमास र इजरायलबीच अक्टोबर ७, २०२३ देखि युद्ध चलिरहेको थियो। हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो । हमाससँग हाल ९४ इजरायली बन्धक छन् ।

यद्यपि, इजरायलले यी बन्धकहरूमध्ये ६० जना मात्र बाँचेको विश्वास गरेको छ ।

  • प्रकाशित मिति : माघ ३, २०८१, बिहीवार ०६:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८