• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

रवि लामिछाने सडकमार्ग हुँदै काठमाडौं आउँदै, आइतबार अदालत उपस्थित हुने

  • खबरदाता

रवि लामिछाने सडकमार्ग हुँदै काठमाडौं आउँदै, आइतबार अदालत उपस्थित हुने

रास्वपा सभापति रवि लामिछाने सडकमार्ग हुँदै काठमाडौं आउने भएका छन् । उनी पोखराबाट काठमाडौंका लागि सडकमार्ग हुँदै आउँदै गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सडकमार्ग हुँदै काठमाडौं आइरहेकाले आजै अदालतमा उपस्थित हुने सम्भावना निकै कम रहेको उनले बताए । लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । पूर्व गृहमन्त्री लामिछाने ८४ दिन प्रहरी हिरासतमा रहेर बिहीबार मात्रै धरौटीमा रिहा भएका हुन् ।

उनलाई ६५ लाख धरौटी रकममा रिहा गर्ने आदेश कास्की जिल्ला अदालतले दिएको थियो ।

  • प्रकाशित मिति : पुस २६, २०८१, शुक्रवार १४:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८