• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

शुक्रबारदेखि पश्चिमी वायुको प्रभाव, पश्चिम नेपालमा वर्षाको सम्भावना

  • खबरदाता

शुक्रबारदेखि पश्चिमी वायुको प्रभाव, पश्चिम नेपालमा वर्षाको सम्भावना

नेपालमा आगामी शुक्रबारदेखि अर्को पश्चिमी वायुको प्रभाव सुरु हुने मौसमविद्ले बताएका छन् । जसका कारण पश्चिम नेपालमा ‘राम्रै वर्षाको सम्भावना’ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताएका छन् ।

“शुक्रबार बेलुका फेरि अर्को पश्चिमी वायुको प्रभाव सुरु हुने र पश्चिम नेपालमा राम्रै वर्षा हुने देखिन्छ,  पोखरेलले भने। शनिबार काठमाडौंलगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा (काठमाडौंमा पनि) हल्का वर्षाको राम्रो सम्भावना छ ।”

उनका अनुसार, आज राति र भोलि बिहानसम्म देशभरि बादल लाग्नेछ । तर, भोलि अपराह्नदेखि मौसम सफा रहनेछ ।

नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले आज देशका धेरैजसो स्थानमा प्रभाव पारेको छ । पश्चिम न्यूनचापीय प्रणालीका कारण बदली भए पनि न्यून वर्षा भएको छ । काठमाडौं उपत्यकालगायत केही स्थानमा सामान्य छिटपुट वर्षा भएको छ ।

 

  • प्रकाशित मिति : पुस १०, २०८१, बुधवार ०६:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८