• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एनपीएल : लुम्बिनीविरुद्ध चिनवन बलिङमा

  • खबरदाता

एनपीएल : लुम्बिनीविरुद्ध चिनवन बलिङमा

नेपाल प्रिमियर लिग (एनपीए) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर चितवनले फिल्डिङ रोजेपछि लुम्बिनी ब्याटिङमा उत्रिएको छ ।

लुम्बिनी रोहित पौडेल र चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रिएको छ ।

यसअघिका चार खेलमा पराजित भएको लुम्बिनी दबाबमा रहेको छ । चितवन भने चारमध्ये तीन खेलमा जित र एकमा हार बेहोर्दै ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।

चितवनविरुद्धको खेलमा लुम्बिनीको लक्ष्य खाता खोल्ने हुनेछ। चितवन भने लगातार पराजित लुम्बिनीलाई दबाबमा राख्दै अंक बढाउन चाहन्छ।

यसअघिका खेलमा लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

यता, चितवनले भने काठमाडौं, पोखरा र चितवनलाई हराएको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो ।

  • प्रकाशित मिति : मंसिर २५, २०८१, मंगलवार ०९:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८