• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रविलाई बयानका लागि चितवन ल्याइयो 

  • खबरदाता

रविलाई बयानका लागि चितवन ल्याइयो 

रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन ल्याइएको  छ । काठमाडौँबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।  चितवन उनको निर्वाचन क्षेत्र पनि हो ।

बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजाने प्रहरीको तयारी छ । चितवन साहारा बहुउद्धेश्यिय सहकारी संस्थाको बचत रकम ठगीको मुद्धामा बयान लिन लामिछानेलाई चितवन ल्याइएको हो ।

उनी सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।

यसअघि पोखरा, बुटवल र काठमाडौंमा उनको बयान सकिएको छ ।

  • प्रकाशित मिति : मंसिर १८, २०८१, मंगलवार १०:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८