• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

तेह्रथुमको लालिगुँरास–८ मा कांग्रेसका लिम्बू विजयी

  • खबरदाता

तेह्रथुमको लालिगुँरास–८ मा कांग्रेसका लिम्बू विजयी

तेह्रथुम । तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बू निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न उपनिर्वाचनमा उनले ४४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिए ।

लिम्बूका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बूले ३६० मत प्राप्त गरे।

विसं २०७९ को निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका तेजमान लिम्बूको २०८० साल चैत २९ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो । रासस

  • प्रकाशित मिति : मंसिर १७, २०८१, सोमवार ०६:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८