• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एनपीएल : जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य

  • खबरदाता

एनपीएल : जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले १२८ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा विराटनगर किङ्सले १९ ओभरमा १२७ रन बनाएको छ ।

उद्घाटन खेलमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने अवसर पाएको थियो ।

विराटनगर किंग्सका लागि मार्टिन गप्टिलले ४३ रनमा ५५ रन बनाएका छन् । अकिब इलियासले १५ रन जोड्दा बसिर अहमद, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले समान ७–७ रनको योगदान दिए ।

जनकपुरका लागि ललित राजवंशीले विराटनगरका तीन विकेट लिँदा हर्ष थाकेर र किशोर महताले समान २–२ विकेट लिए । यस्तै बेन माइक र मोहम्मद मोहसिन पनि जनकपुरका लागि समान १–१ विकेट लिन सफल भएका छन् ।

  • प्रकाशित मिति : मंसिर १५, २०८१, शनिवार १४:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८