• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मोरङमा मोटरसाइकल दुर्घटना, तीनजनाको मृत्यु

  • खबरदाता

मोरङमा मोटरसाइकल दुर्घटना, तीनजनाको मृत्यु

मोरङमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा दुईवटा मोटरसाइकल बिहीबार साँझ आपसमा ठोक्किएर भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङको कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ, सोही स्थानका २८ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे नगरपालिका–५ का ४२ वर्षीय दीपक धिमाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेद गौतमले जानकारी दिए ।

उनीहरूको उपचारका क्रममा मृत्यु भएको गौतमले बताए । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

  • प्रकाशित मिति : मंसिर ७, २०८१, शुक्रवार ११:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८