• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

  • खबरदाता

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।

काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

ढुंगाना २०४८ सालको आम निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित सांसद हुन् । त्यसपछि उनी सभामुख भएका थिए । उनी २०७४ सालमा भक्तपुरबाट कांग्रेस उमेदवार थिए ।

अस्पतालका चिकित्सक डा। योगेश न्यौपानेले दिएको जानकारीअनुसार ढुंगानाको केहीबेर अघि निधन भएको हो । अस्पताल स्रोतका अनुसार अपराह्न १ बजेर ४० मिनेट जाँदा ढुंगानालाई अस्पताल लगिएको थियो । त्यसबेला उनको निधन भइसकेको थियो ।
कलेजो सम्बन्धी समस्याबाट गुज्रिएका ढुंगानाले भारतमा पनि उपचार गराइरहेका थिए ।

 

  • प्रकाशित मिति : मंसिर २, २०८१, आइतवार १६:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८