• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रविसहित सहकारी प्रकरणका पाँच जनालाई अदालत लगियो

  • खबरदाता

रविसहित सहकारी प्रकरणका पाँच जनालाई अदालत लगियो

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसहित सहकारी प्रकरणमा पक्राउ पाँच जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

रविलाई आज चौथो पटक अदालतमा उपस्थित गराइएको हो । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ ।

उनीपक्षका वकिलले उनीलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गरिरहेका छन् । उनीसँगै अरु चार जनालाई पनि अदालतमा उपस्थित गराइएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछाने, उनका साझेदार एवम् पूर्व डीआईजी छविलाल जोशी, गोर्खा मिडियाका अध्यक्ष जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र लीला पछाइँ र सहकारी ठगी प्रकरणमै समातिएका बागलुङको ढोरपाटनका मेयर देवकुमारलाई अदालतमा उपस्थित गराइएको छ ।

  • प्रकाशित मिति : कात्तिक २५, २०८१, आइतवार १२:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८