• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बीपी राजमार्गमा रुटका सबै सवारी साधन सञ्चालन हुने

  • खबरदाता

बीपी राजमार्गमा रुटका सबै सवारी साधन सञ्चालन हुने

अविरल वर्षा र बाढी पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका सवारी साधन सञ्चालन हुने भएका छन् ।

सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरि राजमार्गको भकुण्डेवेशी वर्षेखोला खण्डको करिव ८ किलोमिटर सडक बगाएकाले हाल ट्रयाक खोली साना सवारी साधनमात्रै सञ्चालन भएकोमा मंगलबारदेखि रुट अनुमति लिएका सबै प्रकारका सवारी साधन सञ्चालन गर्न योग्य हुने जनाएको हो ।

साथै सडक डिभिजनले उक्त सडक खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकाले रातीको समयमा यात्रा नगर्न अनुरोध समेत गरेको छ ।

भकुण्डेवेशी बर्षेखोला खण्डको सडक बगाएपछि सडक डिभिजनले चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सन निर्माण गरेको छ ।

  • प्रकाशित मिति : असोज २८, २०८१, सोमवार १५:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८