• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बेलायतमा नेपाली सेनालाई स्वर्णपदक

  • खबरदाता

बेलायतमा नेपाली सेनालाई स्वर्णपदक

विश्वका ३७ देशका सेनालाई पछि पार्दै यो वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्णपदक प्राप्त गरेको छ ।

संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ देखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्णपदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका १२१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन गरिँदै आएको अन्तर्राष्ट्रियस्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ ।

दुई दिनभित्र हतियारसहित करिब ५० पाउन्ड तौलबराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइँ तयारी, खबर संकलन तथा घाइते–बिरामीको व्यवस्थापनलगायत दक्षता परीक्षणका आधारमा मूल्यांकन हुने निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले सन् २०१७ र २०१९ मा समेत त्यस प्रतियोगितामा स्वर्णपदक प्राप्त गरेको थियो । यो वर्ष त्यस प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उपरथी दीपककुमार बानियाँक सम्मानित अतिथिका रूपमा सहभागी थिए । रासस

  • प्रकाशित मिति : असोज २७, २०८१, आइतवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८