• वैशाख १९, २०८३, शनिवार Saturday, 02 May, 2026

आज २०८१ साल भदौ २८ गते शुक्रबारको राशिफल

  • खबरदाता

आज २०८१ साल भदौ २८ गते शुक्रबारको राशिफल

आज २०८१ साल भदौ २८ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर १३ तारिख। भाद्र शुल्क पक्षको दशमी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष – सोचेका काम बन्ने दिन छ। परिवारमा मेलमिलाप हुनेछ। सुन, चाँदी र धातुको कारोबारमा ठुलो फाइदा हुनेछ। साथीको साथबाट काम उत्साहजनक ढंगले अगाडि बढ्नेछ। लगानीका लागि हिम्मत गर्नु आवश्यक देखिन्छ।

वृष – तपाईंको बोलीमा सरस्वतीको बास छ। तपाईंको एक शब्दले परिवार र समाजमा राम्रो प्रभाव रहनेछ। राजनीतिक क्षेत्रमा भने झुक्याउने व्यक्ति धेरै भएकाले सचेत बन्नु राम्रो हुनेछ। औषधी सेवनमा लापरवाही गर्दा स्वास्थ्य खराब बन्नसक्छ। अप्ठेरो परिस्थितिमा दिदीबहिनीले साथ दिने योग छ।

मिथुन – बाहिरको कामले मन अशान्त भएको अवस्थामा परिवारको सान्त्वना मिल्नेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट राम्रो उन्नति हुनेछ। सरकारी जागिरमा हुनुहुन्छ भने ठुलो काम बन्ने योग छ।

कर्कट – दिन सामान्य छ। सहकार्यमा धोका हुने खतरा छ। लगानी डुब्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। बौद्धिक व्यक्तिको साथ र सहयोग लिएर अगाडि बढेमा दिन शान्त बन्नेछ। परिवारको सहयोग मिल्नेछ।

सिंह – दिन राम्रो छ। लेखन क्षेत्रमा जाँगर बढ्नेछ। आँटेका काम सञ्चालन हुनेछन्। अध्ययन र अध्यापनमा झुकाब बढ्नेछ। स्वदेशमा लगानीका अवसर जुट्नेछन्। परिवारलाई शतप्रतिशत विश्वास गर्नाले धोका हुने जोखिम छ।

कन्या – समय चुनौतीपूर्ण छ। अरुले गरेको गल्तीको दोष तपाईंमाथि पर्ने खतरा हुनसक्छ। खानपानको कारण नयाँनयाँ रोग देखिने जोखिम हुनेछ। राजनीतिमा गरेको लगानीबाट राहत मिल्नेछ। परिवारले अप्ठेरोमा साथ र सहयोग गर्नेछन्।

तुला – बन्धुको ठुलो भरोसा रहनाले मनमा उत्साह बढ्नेछ। एकपछि अर्को सेवाको अवसर मिल्नेछ। लगानीको क्षेत्रमा शिक्षाको माध्यमबाट नाम र दाम रहनेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक – सेवाका अवसर जुट्ने दिन छ। समाज र राज्यमा तपाईंको विशेष नाम रहने योग छ। साथी र संगठनले तपाईंको समर्थन गर्नेछन्। तपाईंले सोचेका काम बन्नेछन्। अशान्त मनलाई नियन्त्रण गर्न गणेशको पूजा गर्नु फाइदा हुनेछ।

धनु – दिन रमाइलो छ। माया मार्न लागेको सम्पत्ति हात लाग्नेछ। राज्यको तहसम्म तपाईंको चर्चा हुनेछ। कृषिमा गरेको लगानीबाट नाफा होला। माछापालन गरेमा फाइदा हुनेछ। परिवारको रचनात्मक साथले दिन रमाइलो बन्नेछ।

मकर – हरेक काममा तपाईं आफैंले संघर्ष गर्नुपर्ने समय छ। अरुलाई दिएको जिम्मेवारीबाट धोका हुने जोखिम रहेको छ। सामाजिक सेवा र राजनीतिमा झुकाब रहनेछ। इज्जतका लागि धन खर्च हुनेछ। परिवारमा भने तपाईंको मर्यादा रहनेछ।

कुम्भ – एकादश भावमा चन्द्रमा रहेकाले तपाईंको चर्चा हरेक ठाउँमा हुनेछ। लगानीका क्षेत्रमा एकपछि अर्को अवसर प्राप्त हुनेछन्। परिवारमा छलफल गरेर गरेको लगानीबाट फाइदा हुनेछ। बिहान शिवभजन गरेमा शनि शान्ति हुने योग छ।

मीन – दैनिकी सामान्य छ। ठुलो खर्च नगर्नु राम्रो हुनेछ। बोल्दा अप्रिय शब्द पर्ने भएकाले आफन्त टाढिने जोखिम छ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

  • प्रकाशित मिति : भदौ २८, २०८१, शुक्रवार ०६:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८