• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

संसद्‌मा सत्तारूढ दलहरूले मागे उपसभामुख रानाको राजीनामा

  • खबरदाता

संसद्‌मा सत्तारूढ दलहरूले मागे उपसभामुख रानाको राजीनामा

प्रतिनिधिसभामा उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा सत्तारूढ दलका सांसदहरूले उपसभामुखको राजीनामा माग गरेका हुन्।

सांसद सरस्वती सुब्बाले आफूमाथि उठेको प्रश्नमा छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरिन् । “छानबिनका लागि मार्ग प्रशस्त गर्न उपसभामुखलाई अनुरोध गर्दुछ,” उनले भनिन् ।

त्यस्तै, सहराज अहमद फारुकीले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह गरे।

सांसद शोभा ज्ञवालीले उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रले मानव तस्करीको काम भएको आरोप पनि लगाइन् ।

“उहाँले गरेको काम मानव तस्करी होइन र रु अन्य व्यक्तिका कुरा जोडसँग उठाउनुहुन्छ । आफ्ना व्यक्तिको उठाउँदा आक्रोशित हुनुहुन्छ,” उनले भनिन् ।

उपसभामुख रानाले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लू ६७’ कार्यक्रममा सहभागी हुन भिसाको अन्तर्वाताको मिति मिलाइदिन अमेरकी दूतावासलाई पत्र लेखेकी थिइन् । सोही प्रकरणमा सत्तारूढ दलले महाभियोगको तयारी गरेको चर्चा भइरहेको छ ।

  • प्रकाशित मिति : भदौ २५, २०८१, मंगलवार १४:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८