• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रुख ढलेर अबरुद्ध नारायणगड – मुग्लिन सडक सुचारु

  • खबरदाता

रुख ढलेर अबरुद्ध नारायणगड – मुग्लिन सडक सुचारु

रूख  ढलेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खण्खुड सुचारु भएको छ ।

सडकमै ढलेको रूख र बिजुलीको पोल पन्छाइएसँगै अवरूद्ध सडक बिहान साढे १० बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

रूख ढलेर रोकिएका सवारी साधनहरू बाटो खुलेलगत्तै गन्तव्यतर्फ लागेका छन्। बिहानदेखि सवारी साधनहरू रोकिएका हुनाले उक्त सडकखण्डमा अहिले सवारी साधनको चाप छ।

बिहान ८:१०  बजे भरतपुर महानगरपालिका-१ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल सडकम आरपार हुनेगरी ढलेको थियो।

अहिले सडक दुईतर्फी नै सञ्चालनमा रहेको चितवन प्रहरीले जनाएको छ।

तस्बिर : सन्तकुमार चौधरी 

 

  • प्रकाशित मिति : भदौ १६, २०८१, आइतवार ११:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८