• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सामाजिक संजालमा मृत्युको हल्ला फैलिएपछि काजी साप भन्छन, ‘म सकुशल छु’

  • खबरदाता

सामाजिक संजालमा मृत्युको हल्ला फैलिएपछि काजी साप भन्छन, ‘म सकुशल छु’

कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ ले आफू सकुशल रहेको बताएका छन् । बिहानैदेखि सामाजिक सञ्जालमा आफ्नो मृत्युको हल्ला फैलिएपछि उनले आफू सकुशल रहेको बताएका हुन् ।

‘बिहानैदेखि मलाई साथीभाइ, आफन्तको फोनहरू धेरै आइरहेको छ । बाहिर मेरो मृत्युको हल्ला पो फैलिएछ’, अधिकारीले  भने, ‘म घरमै सकुशल छु ।’ कसरी र कसले यस्तो हल्ला फैल्यायो आफूले बुझ्न नसकेको उनको भनाई छ ।

‘दुई वर्ष अगाडि बिरामी पर्दा अस्पताल भर्ना भएको तस्बिर राखेर मृत्युको हल्ला गरिएछ । यसले मेरो आयुमा वृद्धि गर्‍यो’ उनले थपे, ‘किन र कसले केका लागि हल्ला गर्‍यो । त्यो बुझ्न सकिन ।’

अधिकारीको शनिवार बिहानैदेखि सामाजिक सञ्जाल लगायतमा मृत्युको हल्ला फैलिएको हो ।

अधिकारी पछिल्लो समय अभिनयमा ‘काजी साँप’ को रूपमा परिचित छन् । यो परिचय उनले हास्य शृङ्खला ‘मेरी बास्सै’ बाट पाएका हुन् । अधिकारी फिल्म, टेलिफिल्मदेखि म्युजिक भिडियोसम्म छाउन सफल छन् ।

  • प्रकाशित मिति : भदौ १५, २०८१, शनिवार १६:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८