नारायणगड मुग्लिन सडकमा मोटरसाइकल माथि ढुंगा खसेको छ।
चितवन प्रहरीका अनुसार आइतबार बिहान अन्दाजी ८ बजेको समयमा उक्त सडक खण्ड अन्तर्गत खोरखोला नजिकै काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०३-००४ प २७०२ नं.को मोटरसाइकल गुडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्दा मोटरसाइकलमा क्षति पुगेको छ।
सो दुर्घटनामा चालक चितवन रत्ननगर न.पा २ टाडीचोक बस्ने बर्ष २८को आशिक मियाको बाँया हातमा सामान्य चोट लागेको र चालक सवारीसाधन लिएर गन्तब्यमा गएको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८