• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुनकोसीमा हाइलक्स गाडी खस्यो,३ जना बेपत्ता

  • खबरदाता

सुनकोसीमा हाइलक्स गाडी खस्यो,३ जना बेपत्ता

सिन्धुलीमा इसुजु हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका छन् । शनिवार खोटाङको हलेसी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा अपराह्न ५ : ३० बजे गोलञ्जर गाउँपालिका वडा नम्बर १ कुँडेलमा भएको दुर्घटनामा ३ जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यावो र बलराम भतुवा रहेका छन् । सुनकोसीमा खसेलगत्तै १ जना भने पौडेर बाहिर निस्किएका छन् । नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएको सिन्धुलीका निमित्त प्रमुख जिल्ला अधिकारी कृण्णमणि फुयालले जानकारी दिए ।

उनको कुम र टाउकोमा चोट लागेको छ । कक्षपतिलाई उपचारका लागि खुर्कोट पठाइएको फुयालले जानकारी दिए । फुयालका अनुसार गाडी भेटिए पनि बेपत्ता भएका ३ जनाको खोजी कार्य जारी रहेको छ ।

भक्तपुरको सुर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो । गाडी मध्यपहाडी लोकमार्ग हुँदै भक्तपुर फर्किँदै गर्दा दुर्घटनामा परेको थियो । बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरीका १० र जनपद प्रहरीका २५ जना परिचालन गरिएको फुयालले जानकारी दिए ।

  • प्रकाशित मिति : भदौ ८, २०८१, शनिवार १९:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८