• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदै

  • खबरदाता

परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदै

पराष्ट्रमन्त्री डा। आरजु राणा देउवा यही आइतबार ९आज० छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदै छिन् । उनका भारतीय समकक्षी डा। एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चारदिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवं नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल गर्ने जनाइएको छ ।

दुई देशबीचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवं प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।

परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।

  • प्रकाशित मिति : भदौ २, २०८१, आइतवार ०६:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८