• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

हेलिकोप्टर दुर्घटना : चारजना चिनियाँ नागरिकसहित पाँचजनाको मृत्यु

  • खबरदाता

हेलिकोप्टर दुर्घटना : चारजना चिनियाँ नागरिकसहित पाँचजनाको मृत्यु

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । चारजना चिनियाँ नागरिक बोकेर काठमाडौंबाट रसुवा जाँदै गरेको हेलिकोप्टर काठमाडौं र नुवाकोटको सीमा क्षेत्रमा खसेको थियो ।

नुवाकोट शिवपुरी ७ मा रहेको जंगलको रुखमा हेलिकोप्टर ठोक्किएको बताइएको छ । हेलिकोप्टर दुर्घटनामा चारजना चिनियाँ नागरिकसहित पाइलटको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । एयर डाइनेस्टीका एकजना उच्च अधिकारीले  हेलिकोप्टर दुर्घटनामा परेको र सबै यात्रुको निधन भएको बताए ।

एयर डाइनेस्टीको हेलिकोप्टरमा चारजना चिनियाँ नागरिक रहेको कम्पनी स्रोतले जानकारी दिएको छ । मृत्यु हुनेमा एक जना महिला र चार जना पुरुष रहेको नुवाकोटका एसपी शान्तिराम कोइरालाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनास्थलमा अहिले उद्धार टोली पुगिसकेको छ । कलसाइन नाइनएन एजेडी रहेको हेलिकोप्टरमा चिनियाँ नागरिक रहेको कम्पनी स्रोतले जानकारी दियो ।

  • प्रकाशित मिति : साउन २३, २०८१, बुधवार १६:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८