• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पहिरोले कहाँ–कहाँ छ सडक अवरुद्ध ? (सूचीसहित)

  • खबरदाता

पहिरोले कहाँ–कहाँ छ सडक अवरुद्ध ? (सूचीसहित)

देशका विभन्न ठाउँमा वर्षाले पहिरो जाँदा सडक अवरुद्ध भएका छन् । गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्ग अवरुद्ध भएका छन् ।

सोलुखुम्बु दूधकुण्ड नगरपालिका ११ साल्मे, खोटाङ हलेसी तुवाचुङ नगरपालिका ३ बोझेखोला, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ८ जुरे, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ खागदल सडकमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको प्रतिकार्य शाखाले जनाएको छ ।

चितवन ईच्छाकामना गाउँपालिका न्याग्दीखोला,बागलुङ, बागलुङ नगरपालिका १० डब्ल्याङ, रुकुम सिस्ने गाउँपालिका ६ पाखागाउँ, पाल्पा रिद्विकोट गाउँपालिका २ जोत्ने, रोल्पा परिवर्तन गाउँपालिका १ पुत्लाचौरमा पहिरोले सडक अवरुद्ध भएको छ ।

डोल्पा÷त्रिपुरासुन्दरी नगरपालिका १ छलगाड, रुकुम पश्चिमरमुसिकोट नगरपालिका रिमदह, सल्यान कपुरकोट गाउँपालिका ३ चोरखोला, कालीकोट शुभकालिका गाउँपालिका १ एस मोड र गगनेखोलामा पहिरोले सडक अवरुद्ध भएको प्रतिकार्य शाखाले जनाएको छ ।

भारी वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास भइरहेको गृहमन्त्रालयले जनाएको छ ।

  • प्रकाशित मिति : साउन २३, २०८१, बुधवार ०९:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८