• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गजुरीमा माइक्रोमाथि पहिरो खस्यो

  • खबरदाता

गजुरीमा माइक्रोमाथि पहिरो खस्यो

धादिङको गजुरीमा पहिरो खस्दा माइक्रोमा क्षति पुगेको छ । धादिङबाट काठमाडौँको लागि छुटेको विद्युतीय माइक्रोमाथि गजुरी गाउँपालिका-५ पोखरे खोला नजिक पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

महेन्द्र राजमार्ग अन्तर्गतको सडक खण्ड भएर काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ च ६५१२ नम्बरको माइक्रो सडकको माथिबाट खसेको पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार घटनाको पूर्ण विवरण प्राप्त भई नसकेको र उद्धार कार्य भइरहेको छ । पहिरोमा परेका मध्ये ४-५ जनालाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको उनले बताए ।

  • प्रकाशित मिति : साउन २१, २०८१, सोमवार १०:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८