• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

आज २०८१ साल साउन २० गते आइतबारको राशिफल

  • खबरदाता

आज २०८१ साल साउन २० गते आइतबारको राशिफल

आज २०८१ साल साउन २० गते आइतबार तदनुसार सन् २०२४ अगष्ट ४ तारिख। साउन कृष्ण पक्षको औंसी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष – आज अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। यस्ता खबरले खानामा अरुची बढ्नेछ। खान मन नलाग्दा स्वास्थ्यमा समस्या हुनसक्छ। धन आर्जनको भने अवसर मिल्नेछ। शिक्षाबाट उन्नति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष – तपाईंको बोलीको सम्मान हुनेछ। बन्धुसँगको सहकार्यमा गरेको लगानीबाट धन कमाउने योग छ। व्यापार र कृषि क्षेत्रको लगानीबाट लाभ हुनेछ। परिवारमा शान्त वातावरण रहने दिन छ।

मिथुन – धार्मिक कार्यमा सहभागी भएमा काममा उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा उन्नति नै हुने दिन छ। पश्चिमको लामो यात्रा भने नगर्नु राम्रो हुन्छ।

कर्कट – चन्द्रमा तपाईंको राशिमा भएकाले अवसर प्राप्त हुनेछन्। आज एकपछि अर्को अवसर लगातार प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगको जोखिम बढ्नेछ।

सिंह – विपक्षीको जालझेलबाट सावधान हुनुपर्ने दिन छ। आलश्यता बढ्नेछ। बल भन्दा बुद्धिको प्रयोगमा गरेको काममा उन्नति हुनेछ। परिवारसँगको एकोहोरो प्रेममा धोखा खाने जोखिम छ।

कन्या – धार्मिक कार्यमा सहभागी हुने योग छ। धार्मिक योजनाबाटै धन आर्जन गर्नुपर्ने देखिन्छ। नयाँ प्रविधिको व्यवहारिक ज्ञान आर्जन गर्न सफल बन्ने योग छ। गुम्न लागेको धन हात लाग्नेछ। परिवारको बुझाइ र तपाईंको सोच फरक हुनाले टकराब बढ्ने जोखिम छ।

तुला – परिवारमा शुभ कार्य हुनेछ। यस्ता काममा तपाईं प्रत्यक्ष सहभागी हुनुपर्नेछ। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। कलाको क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। सामाजिक कामको अवसर मिल्नेछ।

वृश्चिक – धन आर्जन गर्ने दिन छ। एकपछि अर्को अवसर प्राप्त हुनेछन्। तपाईंको कार्यकुशलताको धेरैले प्रशंसा गर्नेछन्। परिवारसँगको सम्बन्ध समुधुर बन्नेछ। खानपानको ख्याल नगर्दा रोगले सताउने खतरा रहेको छ।

धनु – दैनिकी सामन्य छ। तपाईंको निन्दा हुनसक्छ। परिवारमा एक्लो महसुस भए पनि प्राविधिक क्षेत्रमा गरेको प्रयासबाट नाम र दाम प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर – राजनीतिक र सामाजिक प्रतिष्ठा कायम गर्न लगानी गर्नुपर्ने हुनसक्छ। परिवारको सहयोगबाट तपाईंको काम बन्नेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगरे रोगले सताउने जोखिम छ।

कुम्भ – आज कला र साहित्यमा मन जानेछ। सामाजिक सेवाको अवसर मिल्नेछ , पुराना रोगको वेवास्ता गर्दा जोखिम बढने डर छ। परिवारको सहयोग प्राप्त हुँदा दिन रमाइलो बन्नेछ। धार्मिका कार्यमा सहभागी भएमा दिन शान्त हुनेछ।

मीन – महत्त्वपूर्ण अवसर प्राप्त हुने दिन छ। दैनिकी सहज बन्नेछ। महत्तवकांक्षामा लाग्दा तपाईंको इज्ज्तमा प्रश्न उठने जोखिम देखिन्छ। परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। आज बिहान गणेश भगवानको पूजा गर्नाले भाग्यको उदय हुनेछ।

  • प्रकाशित मिति : साउन २०, २०८१, आइतवार ०६:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८