• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दुई महिना नपुग्दै विशेष ब्यूरोका डीआईजी मनोज केसीको सरुवा

  • खबरदाता

दुई महिना नपुग्दै विशेष ब्यूरोका डीआईजी मनोज केसीको सरुवा

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवा गरिएको छ । ब्यूरो इन्चार्ज भएर काम गरेको दुई महिना नपुग्दै उनको सरुवा गरिएको हो ।

डीआईजीमा बढुवा भएपछि उनलाई विशेष ब्यूरोमा पठाइएको थियो । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडी बढाइएको थियो । ब्यूरोबाट हटाइएका केसीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीआईजी राजन अधिकारीलाई विशेष ब्यूरोमा पठाइएको छ ।

  • प्रकाशित मिति : साउन १२, २०८१, शनिवार २२:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८