• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरको भतेरीमा दुई ट्रक ठक्कर खाँदा दुई जनाको मृत्यु

  • खबरदाता

भरतपुरको भतेरीमा दुई ट्रक ठक्कर खाँदा दुई जनाको मृत्यु

दुईवटा ट्रक एकआपसमा ठक्कर खादा चितवनमा दुई जनाको मृत्यु भएको छ।

चितवन प्रहरीका अनुसार आज शुक्रबार बिहान ६:१० बजेको समयमा जिल्ला स्थिति भरतपुर -१ को भतेरी जङ्गलमा नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको भारतिय नम्बर डिडिओ १ एल ९१६१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो।

उक्त दुर्घटना परि ना ६ ख ५९९६ न.को कन्टेनर चालक विरगञ्ज – २४ पर्सा वस्ने अन्दाजी ३३-४० बर्षको प्रमोद पटेलको उपचारका क्रममा बिहान ७:२० बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । सोही अस्पतालमा उपचाररत भारतिय ट्रकका चालक भारतको उत्तप प्रदेश बस्ने बर्ष २४ को हेहेताब आलमको पनि सोही समयमा मृत्यु भएको जनाइएको छ।

सोही ट्रकका सह चालक भारतको गोरखपुर बस्ने बर्ष २२ को गम्भीर अबस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

  • प्रकाशित मिति : साउन ११, २०८१, शुक्रवार ०८:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८