राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आइतबार बस्दैछ।
आइतबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनेरनदिनेबारे छलफल हुनेछ।
यद्यपि शुक्रबार बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।
त्यस्तै आजको बैठकमा प्रतिपक्षी दलको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने सचेतक निशा डाँगीले जानकारी दिइन्।
आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वास मत लिने कार्यसूची छ।
नेपाली कांग्रेस, नेकपा (एमाले) का अतिरिक्त जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी लगायतले प्रधानमन्त्रीलाई विश्वासका मत दिँदैछन्।
माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले विपक्षमा मतदान गर्नेछन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८