• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

भोलिदेखि तीन दिन वर्षा हुने, केही ठाउँमा भारी वर्षाको सम्भावना

  • खबरदाता

भोलिदेखि तीन दिन वर्षा हुने, केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार साँझ महाशाखाले शुक्रबारदेखि आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा पूर्णरूपमा विकसित भएर सरदर स्थानभन्दा उत्तरतर्फ रहने देखिएकाले मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको हो ।

महाशाखाको मनसुन विशेष मौसम बुलेटिनमा मनसुनी वायुको प्रभावका कारण भोलिदेखि आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रहेर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानमा, कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एक‍–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

महाशाखाले शुक्रबारदेखि आइतबारसम्म तीन दिन मेघगर्जनरचट्याङ, भारी वर्षा, भूक्षय, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने बुलेनटिमा उल्लेख छ ।

  • प्रकाशित मिति : असार १३, २०८१, बिहीवार २०:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८