लमजुङमा पहिरोले दुइवटा घर बगाउँदा चारजना बेपत्ता भएका छन् ।
क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति गएको पहिरोले दुईवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेगनाथ चापागाईंले जानकारी दिए।
रुद्रमणि गुरुङ र पञ्चकुमारी गुरुङको घर बगाएको हो । “रुद्रमणि गुरुङको घर बगाउँदा रुद्रमणि र पञ्चकुमारी गुरुङको घर बगाउँदा उनीसहित उनको परिवारका तीजना बेपत्ता भएका हुन्,” प्रहरी निरीक्षक चापागाईंले भने ।
स्थानीय प्रहरी चौकीबाट घटनास्थलमा प्रहरी पुगिसकेको उनले बताए । जिल्ला प्रहरी कार्यालयबाट डीएसपी मीनबहादुर घलेको नेतृत्वमा उद्धारका लागि थप प्रहरी गएको उनले जानकारी दिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८