• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आगामी आवदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने सरकारको योजना

  • खबरदाता

आगामी आवदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने सरकारको योजना

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षदेखि बंगलादेशसँग पनि विद्युत निर्यात गर्ने योजना बनाएको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो।

त्यसैगरी सरकारले आगामी आर्थिक वर्ष ९ सय मेघावाट विद्युत थप गरेर राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ६ सय मेगावाट पुर्‍याइने लक्ष्य पनि लिएको छ।

अर्थमन्त्री पुनले विद्युत प्रशारणलाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्रलाई सहभागी गराउने गरी कानूनी प्रबन्ध गर्ने बताए।

  • प्रकाशित मिति : जेठ १५, २०८१, मंगलवार १६:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८