नारायणगढ -मुग्लिन सडक खण्डमा सोमबार राती भएको सवारी दुर्घटनामा परि घाइते थप एक जनाको घाइतेको मृत्यु भएको छ।
मृत्यु हुनेमा ना ३ ख ७९१५ नम्बर ट्रकका सह चालक बार्हबिसे राम्चे सिन्धुपाल्चोकका २१ वर्षिय राजन सुवेदी रहेका छन। उनको उपचारका क्रममा भरतपुरको चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यसअघि अन्दाजी १-१७ बर्षका एक किशोरको पनि उपचारकै क्रममा मृत्यु भएको थियो। निजको हाल सम्म पहिचान खुल्न सकेको छैन ।
सोमबार राती १२:३५ बजेको समयमा नारायणगढ मुग्लिङ सडक खण्डको सत्र किलोमा काठमाण्डौबाट प्युठान तर्फ आउदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढ देखि मुग्लिन तर्फ जादै गरेको ना ३ ख ७९१५ नं. को डिब्बा ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवास तर्फ आउदै गरेको ना ७ ख ३२४८ नं.को बस र बिरगंञ्जबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ८९६८ नं.को बस ठक्कर खाई दुर्घटना भएको थियो।
अहिले सबै २१ जना घाइतेहरूको भरतपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८