• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

काठमाडौं र भरतपुरको वायु फेरि ‘अस्वस्थकर’

  • खबरदाता

काठमाडौं र भरतपुरको वायु फेरि ‘अस्वस्थकर’

काठमाडौं । काठमाडौंको वायु शुक्रबार पुनः ‘अति अस्वस्थकर’ बनेको छ । वातावरण विभागको सूचकांकमा शुक्रबार बिहान १० बजे शंखपार्कको एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० २४६ पुगेको छ।

चितवनको भरतपुरको वायु पनि अति अस्वस्थकर देखिएको छ । त्यहाँ बिहान १० बजे एक्यूआई २४१ मापन गरिएको छ ।

विभागका अनुसार, काठमाडौंमा बिहीबार २४ घण्टाको औसत एक्यूआई १७५ थियो । सोही अवधिमा भरतपुरको एक्यूआई १५४ थियो ।

यी दुई सहरपछि शुक्रबार कास्कीको पोखरा, मुगुको राराक्षेत्र, कञ्चनपुरको महेन्द्रनगर पनि उच्च प्रदूषित छन् । ती स्थानको एक्यूआई १५८ देखि १८६ सम्म पुगेको विभागको रेकर्ड छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, एक्यूआई १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ ।

  • प्रकाशित मिति : वैशाख २१, २०८१, शुक्रवार ११:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८