मोटरसाइकल दुर्घटना हुँदा चितवनमा २ जनाको मृत्यु भएको छ।
प्रहरीले जनाएको अनुसार बुधबार राती करिब ११ बजे रत्ननगर -४ को वडा कार्यालय नजिक ना २२ प ३४४४ नम्बरको मोटर साइकल अनियन्त्रित भइ घरको भित्तामा ठक्कर खाइ दुर्घटना भएको हो।
उक्त दुर्घटनामा चालक रत्ननगर- ३ बस्ने वर्ष २२ को जीवन चौधरी र सोही स्थान बस्ने वर्ष १८ को सुमित महतो गम्भिर घाईते भइ निजलाई उपचारका लागी भरतपुर अस्पताल लगिएकोमा राति १ बजे दुबको मृत्यु भएको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८