• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तीन बजेसम्म बझाङमा खस्यो ४० प्रतिशत मत

  • खबरदाता

तीन बजेसम्म बझाङमा खस्यो ४० प्रतिशत मत

वैशाख १५, २०८१, शनिवार

 

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार भौगोलिक विकटताका कारण मतदानमा ढिलाइ भइरहेको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्मको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको छ । ३ सम्मको नतिजा अनुसार ४० प्रतिशत मतदान भएको हो ।

प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ८४ मतदाता छन् । यहाँ ३१ हजार ५ सय उनन्चास पुरुष र ३१ हजार १ सय ९९ महिला मतदाता छन् । ७४ मतदान केन्द्र र ९३ मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालय इलामको भनाइ छ ।

बझाङको साइपल गाँउपालिकाका तीन वटा मतदानस्थल विकट ठाउँमा भएकाले त्यहाँको मत कम खस्ने आंकलन गरिएको छ ।

०७९ को निर्वाचनमा यहाँ ५३ प्रतिशत मात्र मतदान भएको थियो । यो पटक ५५ प्रतिशत कट्ने जिल्ला निर्वाचन कार्यालयको अंकलन छ ।

  • प्रकाशित मिति : वैशाख १५, २०८१, शनिवार १५:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८