• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

बागलुङमा बस दुर्घटना : सातजनाको मृत्यु, २० घाइते

  • खबरदाता

बागलुङमा बस दुर्घटना : सातजनाको मृत्यु, २० घाइते

चैत ५, २०८०, सोमवार

 

ढोरपाटन (बागलुङ) । बागलुङको निसीखोला गाउँपालिका–६, जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिएका छन् । रासस

  • प्रकाशित मिति : चैत ५, २०८०, सोमवार १९:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८