चैत ४, २०८०, आइतवार
भरतपुर – बसल ट्रकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
चितवन प्रहरीले जनाए अनुसार गए राती अन्दाजी २:४० बजेको समयमा ईच्छाकामना ६ जलबिरेमा गौरबाट पोखरा तर्फ जादै गरेको ग१ख ८५२४ नम्बरको बसले चक्का पञ्चट भई बाटो छेउमा रोकी राखेको ना६ख ३२८० नम्बरको ट्रकको पछाडि भागमा ठक्कर दिँदा बसमा सवार भारत मोतिहारी जिल्ला चम्पारण बस्ने बर्ष ३७ गौरी दासको मृत्यु भएको हो।
निजको उपचारका लागी ल्याउदै गर्दा बाटोमानै मृत्यु भएको जनाइएको छ भने सोही बसमा सवार अन्य ४ जना घाइतेको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
घाईतेहरुः
१. ट्रक चालकः- बिरगंज – २३ पर्सा बस्ने ३३ वर्षको हाकिम मिया (खुट्टामा चोट मध्यम) ।
२. बसमा सवार जिल्ला सर्लाही बरहथवा न.पा. मिलनचोक बस्ने बर्ष २५ कि पुजा गुप्ता(मुखमा चोट मध्यम) ।
३. बसमा सवार देश भारत सितामढि जिल्ला रमनगरा बस्ने बर्ष ३२ को अम्बर नाथ कुमार(टाउकोमा चोट मध्यम) ।
४. बसमा सवार देश भारत विहार राज्य मजापुर जिल्ला बस्ने बर्ष ३९ कि रिता गुप्ता(सामान्य) ।
बस चालक जिल्ला नवलपरासी(सुस्तापुर्व) कावासोती न.पा.१४ बस्ने बर्ष ३९ को लक्ष्मण गुरुङलाई प्रहरी नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८