• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुग्यो

  • खबरदाता

त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुग्यो

फागुन २३, २०८०

काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । ३७ जनाको जिवितै उद्धार गरिएको छ ।

“अझै केही हराइरहेको आशंका छ । खोजी कार्य जारी राखेका छौँ,” जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुन्तुलाल जैसवालले बाह्रखरीसँग भने, “गाडीमा ४५ यात्रुको चलान बनाएको पाइएको छ । त्यसैले केही हराइरहेको हुनसक्ने हाम्रो आशंका छ ।” मृतकको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए ।

धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली नदीमा खस्दा उक्त हताहत भएको हो ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ ।

  • प्रकाशित मिति : फागुन २३, २०८०, बुधवार ०८:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८