• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कामपाले भन्यो– ललितानिवास क्षेत्रका व्यक्ति, कम्पनी र संघसंस्था एक साताभित्र हटिसक्नू

  • खबरदाता

कामपाले भन्यो– ललितानिवास क्षेत्रका व्यक्ति, कम्पनी र संघसंस्था एक साताभित्र हटिसक्नू

फागुन -९, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई हट्न आग्रह गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेको हो ।

सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्य महानगरपालिकाको भएको भन्दै महानगरले जनाएको छ । “यस सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरा समेत यसै सूचनामार्फत सम्बद्ध सरोकावालालाई सूचित गरिन्छ,” महानगरले भनेको छ ।

  • प्रकाशित मिति : फागुन ९, २०८०, बुधवार ०७:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८