• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुनसरीमा एक करोड ८२ लाख नेपाली नक्कली नोट बरामद

  • खबरदाता

सुनसरीमा एक करोड ८२ लाख नेपाली नक्कली नोट बरामद

माघ -२९, २०८०

विराटनगर । सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ । एक हजार रुपैयाँ दरका नक्कली नोट बरामद गरिएको हो ।

इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी गर्दा नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

नक्कली नोटसहित भारतको बीआर ११ एक्स ३४२९ नम्बरप्लेटको स्कोरपियो र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपीन रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय मोहमद सैयद छन् । पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने तयारी गरिएको एसपी रेग्मीले बताए ।

  • प्रकाशित मिति : माघ २९, २०८०, सोमवार ०९:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८