• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मिनी ट्रकसँग जुध्दा मोटरसाइकल चालकको मृत्यु

  • खबरदाता

मिनी ट्रकसँग जुध्दा मोटरसाइकल चालकको मृत्यु

माघ १५, २०८०

तनहुँ । तनहुँमा मिनी ट्रकसँग टक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका वडा नं।३ बस्ने २६ वर्षीय सफल राना मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार आइतबार राति पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ क ५०१२ नं।को मिनी ट्रक र सोही दिशा तर्फ आउँदै गरेको प्र।३(०२(००९ प ८५३० नं।को मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका मगरलाई उपचारको लागी आबुखैरेनी अस्पताल आँबुखैरेनी तनहुँ पठाएकोमा थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मिनी ट्रक र त्यसका चालक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा रहेको खाँणले जानकारी दिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको पनि उनको भनाई छ ।

  • प्रकाशित मिति : माघ १५, २०८०, सोमवार ०८:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८