पुस -२४, २०८०
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका छन्।
काठमाडौं विश्वविद्यालयको सहकुलपतिका हैसियतले मन्त्री राईले त्यस्तो निर्देशन दिएका हुन्।
मन्त्री राईको उक्त निर्देशनबारे मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आज जानकारी गराउँदै निजमाथिको निलम्बन फुकुवा गरी विश्वविद्यालयले तय गर्ने मापदण्ड जारी भएपछि मात्रै चिकित्सकहरुलाई स्वास्थ्य शिविरमा परिचालन गराउन निर्देशन दिइएको बताए।
उक्त कलेजले १२ दिनअघि डा दाहाललाई खटाइएको शिविरमा नगएका कारण निलम्बन गरेको थियो भने उक्त कारबाही नियमसङ्गत नभएको भनी संसदीय समितिमा आवाज उठेको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८