• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

ललितपुरका एसएसपी शाह प्रहरी हेडक्वार्टर तानिए

  • खबरदाता

ललितपुरका एसएसपी शाह प्रहरी हेडक्वार्टर तानिए

पुस -१४, २०८०

 

काठमाडौं । जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शिद्दिबिक्रम शाह प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । ललितपुरको बालकुमारी घटनाका कारण उनी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन् ।

शाहसँगै फिल्ड कमान्डर डीएसपी उमेश लम्साल र पीएसओ निलम्बनमा परेका छन् ।

बालकुमारीमा शुक्रबार भएको घटनामा दुई युवाको ज्यान गएको थियो भने बहालवाला मन्त्रीको गाडीमा प्रदर्शनकारीले आगो लगाएका थिए ।

बालकुमारी घटनामा अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाहको गोली लागेर र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको भागदौडका क्रममा मृत्यु भएको थियो।

 

  • प्रकाशित मिति : पुस १४, २०८०, शनिवार १३:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८