• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा रैथाने परिकारको खाना महोत्सव हुने

  • खबरदाता

चितवनमा रैथाने परिकारको खाना महोत्सव हुने

पुस -१३, २०८०

 

चितवन -चितवनको नारायणगढको क्याम्पा चौरमा रैथाने परिकारको खाना महोत्सव हुने भएको छ ।

यही पुसको १४ देखि १८ गते सम्म रैथाने खानेकुराको प्रवद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । होटल व्यवसायी संघ चितवनको आयोजनामा चितवन जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य पर्यटन लगाएत समग्र आर्थिक सामाजिक र सांस्कृतिक विकासका साथै होटल व्यवसायको प्रवद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरीएको महोत्सवका मुल संयोजक लोकनाथ भट्टले बताए ।

५ दिन सम्म संचालन हुने महोत्सवमा चितवन जिल्लाका विभिन्न जातजातिको रैथाने परिकार र होटल रेष्टुरेण्टहरुको स्टलहरु रहने आयोजकले जनाएको छ । उक्त महोत्सवको अवधिमा ५० हजारले अवलोकनका साथै ५ करोडको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवको अवधि भर विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम हुने छ ।

  • प्रकाशित मिति : पुस १३, २०८०, शुक्रवार १४:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८