• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जिप दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते

  • खबरदाता

जिप दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते

पुस -१३, २०८०

बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गएराति साढे १२ बजे बाजुराको गौमुल गाउँपालिका-६ घटमुनामा से १ ज ९८९ नम्बरको बोलेरो जिप सडकबाट ६०-७० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका इन्स्पेक्टर किशोरसिंह ऐरीले जानकारी दिए।

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

जिपमा दुई जना मात्रै सवार थिए। दुर्घटनामा परी जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन्।

उनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर ऐरीले जानकारी दिए।

कच्ची बाटो र घुम्ति सडक भएकाले गाडी अनियन्त्रित भएकाले जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

दुर्घटनबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर ऐरीले जानकारी दिए।

  • प्रकाशित मिति : पुस १३, २०८०, शुक्रवार ०९:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८