पुस ८, २०८०
बर्दियामा बाघको आक्रमणबाट एक बालकले ज्यान गुमाउनुपरेको छ ।
शनिबार दिउँसो बर्दियाको बारबर्दिया नगरपालिका-४ बैरियामा स्थानीय रामशंकर थारुको छोरा वर्ष करिव १०-११ को सुमित थारुलाई बबई नदिमा नुहाउन गएको अवस्थामा जिरा सामुदायिक वननजिकै पाटे बाघले आक्रमण गरी घाइते बनायो ।
उनलाई उपचारको लागि आरसी थारु मेमोरियल अस्पताल जयनगर बर्दिया लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको स्थानीय प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार नुहाउन मृतक सुमितमात्र गएका थिए कि अरुपनि थिए, खोजविन भइरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८