कात्तिक २५, २०८०
चितवन। नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षकहरु (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० मा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार ५ जना प्रहरी उपरीक्ष (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक ९एसएपी० मा बढुवा सिफारिस भएका हुन् ।
गृहमन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा सिफारिस हुनेहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालमा कार्यरत बसन्त रजौरे, नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत रविकुमार पौडेल,काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नं २ महाराजगञ्जमा कार्यरत नवीनराज राई, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, मानवश्रोत व्यवस्थापन महाशाखा दाङमा कार्यरत वीरबहादुर ओली र काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत चन्द्रदेव राई रहेका छन् ।
सचिवालयले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ९४० अनुसार बढुवा सिफारिस गरिएको जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८