कात्तिक १९,२०८०
भरतपुर – चितवन जिल्लामा देउसी भैलो बेलुकी ९ बजे सम्म मात्र खेल्न पाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो।
यस्तै तिहारको समयमा मदिरा र मदिराजन्य बस्तु पनि बेलुकी ९ बजे सम्ममात्र बिक्री बितरण गर्न पाइने जनाइएको छ।
प्रशासनको स्वीकृति बिना चिटा, उपहार , कुनै पनि मेला महोत्सव तथा प्रदर्शनी समेत गर्न नपाइने सुचनामा उल्लेख छ।
प्रचलित कानुन बिपरितक गतिविधि गरेमा स्थानिय प्रशासन ऎन २०२८ बमोजिम कामकारबाहि गरिने समेत सूचनामा जनाइएको छ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८